दफा २१
फोहरमैला व्यवस्थापनको अनुगमन
(१) स्थानीय तहले फोहरमैला व्यवस्थापन तथा निष्काशन कार्यको नियमित अनुगमन गर्नु वा गराउनु पर्नेछ । 
(२) उपदफा (१) बमोजिम अनुगमन गर्ने वा गराउने प्रयोजनका लागि स्थानीय तहले आवश्यक कार्ययोजना बनाई लागू गर्न सक्नेछ ।
(३) उपदफा (१) बमोजिम अनुगमनमा खटिने व्यक्तिले अनुगमन पश्चात् सोको प्रतिवेदन सम्बन्धित स्थानीय तह समक्ष दिनु पर्नेछ ।
(४) उपदफा (३) बमोजिम प्राप्त प्रतिवेदनमा औंल्याइएका विषयहरुको सुधार तथा कार्यान्वयन गर्ने सम्बन्धमा स्थानीय तहले आवश्यक व्यवस्था गर्नु पर्नेछ । 
(५)……………….